आईपीएलमा सन्दीपलाई ‘स्टाईलिस प्लेयर’को उपाधी !



०८ बैशाख २०७६, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सको लागि किंग्स ११ पन्जाबसँगको खेलमा तीन लिए बापत ‘ स्टाईलिस प्लेयर’ को उपाधी हात पारेका छन् ।

यो उपाधीसँगैं उनले नगद १ लाख भारुसमेत हात पारेका छन् । पञ्जावविरुद्धको खेलमा सन्दिपले चार ओभर बलिंग गर्दै ४० रन खर्चिए पनि महत्वपूर्ण तीन विकेट हात पारेका थिए ।

सन्दिपले केएल राहुल, क्रिस गेल र साम कुर्रानको विकेट लिएका थिए ।

सन्दिपलाई दिल्लीले कलकत्ता, हैदराबाद र मुम्बई बिरुद्धको पछिल्लो तीन खेलमा पनि बेन्चमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्