रोनाल्डोको किर्तिमानीसँगैं उपाधी युभेन्ट्सको पोल्टामा



०८ बैशाख २०७६, काठमाडौं

विश्व फुटबलका खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएसँग युभेन्ट्सले ईटालियन सिरी ‘ए’मा उपाधी हात पारेको छ ।

युभेन्ट्सले लगातार आठौं पटक सिरी ‘ए’ फुटबलको उपाधी जित्दा रोनाल्डोले युरोपका महत्वपूर्ण तीन लिगको उपाधी जित्ने एक्लो खेलाडीको कीर्तिमानी बनाएका हुन् ।

गएराती भएको खेलमा फियोरेन्टिनालाई २–१ ले पराजति गर्दै युभेन्ट्सले लगातार आठौं पटक घरेलु लिगको उपाधी जितेको हो ।

पहिलो हाफ १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा युभेन्ट्सले आत्मघाती उपहार गोल पाउँदै लिगको उपाधी नै आफ्नो पोल्टोमा पार्यो ।

युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोड्दै केही खेल अगावै लिगको उपाधी जितेको हो ।

युभेन्ट्सले दोस्रो स्थानको नेपोली भन्दा २० अंकको अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्