नीतिविपरीत निगम : मासिक नाफा ६० कराेड, मूल्य समायाेजनमा अनिच्छुक



०८ बैशाख २०७६, काडमाडौं

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ ।

इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ ।

निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यका आधारमा निगमले पनि १५ दिनमा उपभोक्ता मूल्य कायम गर्नुपर्छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५६ पैसा, डिजेलमा तीन रुपैयाँ ३४ पैसा, मट्टितेलमा २३ रुपैयाँ ४८ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपैयाँ ६२ पैसा र बाह्य हवाई इन्धनमा ५१ रुपैयाँ ८३ पैसा नाफा गरिरहेको छ । याे समाचार राजेश बर्माले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्