पब्जीमाथि लगाईएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश !



०६ बैशाख २०७६, काठमाडौं

केही दिनअघि मात्र पब्जीमाथि लागेको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायधीस ईश्वर खतिवडाको एकल इजलासले मुद्दाको किनारा नगालेम्म सो निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार सर्वाेच्च अदालतले पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि पब्जीमाथि लागेको प्रतिबन्ध हटेको हो ।

काठमाडौं जिल्ला अदालतकै आदेशमा नेपाल प्रहरीले पब्जीलाई प्रतिबन्ध गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन गरेको थियो । सोहीअनुसार प्राधिकरणले  सबै इन्टरनेट सेवाप्रदायकलाई पब्जी साइबरबाट रोक्न सर्कुलर जारी गरेको थियो ।

अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानूनी भएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्