बिस्केट जात्रामा रथ तान्ने क्रममा विवाद हुदाँ ढुङ्गा हानाहान !



०६ बैशाख २०७६, काठमाडौं

भक्तपुरमा बिस्केट जात्रामा रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ ।

गएराति गहिटिबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुङ्गा हानाहान भएको हो । ढुङ्गा हानाहानमा ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार , आशिष शिलाकार , रौतहटका उमेश कुमार , काभ्रे मण्डन देउपुरका विकास तामाङ रहेका छन् ।

त्यस्तै मनीष कासुला र रिमेश शाही पनि घाइते भएका छन् ।घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।

गहिटिको तल्लो र माथिल्लो क्षेत्रबाट तान्र सुरु गरेको रथलाई माथिका बासिन्दाले वशंगोपाल पुर्याएर एउटा घरमा  ठोकाएपछि तनावको स्थिति सिर्जना भएको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुरमा गत वर्ष पनि बिस्केट जात्रामा रथ तान्रे क्रममा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्