सुकुम्बासीको टहरा भत्काएपछि कार्यकक्षमै थुनिए जनप्रतिनिधि !



०६ बैशाख २०७६, काठमाडौं

विराटनगर महानगरपालिका–६ का सर्वसाधरणले सुकुम्बासीको घर भत्काइदिएको विरोधमा जनप्रतिनिधिलाई कार्यकक्षमा थुनिदिएका छन् ।

सार्बजनिक जग्गा अतिक्रमण गरेको भन्दै सुकम्बासीको टहरा भत्काएपछि आक्रोशित बनेका स्थानीयले वडाध्यक्ष बिजय कामतसहित वडा सदस्य र कर्मचारीहरुलाई कार्यकक्षमै थुनेका हुन् ।

बिहिबार दिउँसो सार्बजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले ८ वटा टहरा भत्काएको थियो ।
शुक्रबार बिहान १० बजे वडाभरीका सुकुम्बासी भेला भएर जनप्रतिनिधिलाई कार्यकक्षमै राखी ताला लगाएर नाराबाजी गरेका थिए ।

महानगरपालिकाले भने सार्बजनिक जग्गामा व्यक्तिले पैसा उठाएर सुकुम्बासीका नाममा टहरा बनाएपछि बाध्य भएर भत्काएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्