‘मैले खेलेका सबै खराब चलचित्रहरु हटाउन चाहन्छु’ : सन्नी लियोनी



०६ बैशाख २०७६, काठमाडौँ

सन्नी लियोनी भारतकी चर्चित नायिका हुन् । उनी बलिउडमा आउनु भन्दा पहिले एउटा पोर्नस्टार थिइन् । त्यसैले उनले आफ्नो फिल्मी करियरको सुरुवातमा पनि केही निकै बोल्ड सिनहरु चलचित्रमा दिएकी थिइन् । तर विस्तारै सन्नीले त्यस्ता खालका चलचित्र खेल्न भने छाडेकी छिन् ।

सन्नी आजभोली आइटम गीतहरुमा नै धेरै व्यस्त हुन्छिन् । पूर्व पोर्नस्टार भएपनि सन्नी आफ्नो रियल जीवनमा भने निकै नै समझदार छिन् । यस्तै सन्नीले एक अन्तवार्तामा आफूले पहिले चलचित्रमा दिएका सिनका कारण आजपनि आफूलाई नराम्रो लागिरहेको बताउँदै आफ्ना खराब चलचित्र हटाउने चाहना रहेको बताएकी छिन् । उनले अब आफूले त्यस्तो चलचित्र नखेल्ने समेत बताएको खबर बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्