पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे निर्माण कार्य सम्पन्न !



०५ बैशाख २०७६, काठमाडौं

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सकिएको छ ।

निमार्ण सकिएसँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निमार्ण हुने राष्ट्रिय गौरवको विमानस्थल बन्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निमार्णको रुपमा रहेको रन–वेको काम सकिएको हो ।

२५ सय मिटरको यो रन–वेको ढलान सकिएको छ ।अन्य विमानस्थलमा पिच गर्ने गरेपनि पोखरामा पहिलो पटक रन–वेमै ढलान गरिएको हो । यो रन– वेमा अबको ३० वर्षसम्म समस्या नआउने दाबी गरिएको छ ।

महानिर्देशक गौतमका अनुसार मुख्य कार्य सकिएपछि यो विमानस्थल तोकिएको समयभन्दा पहिले नै सञ्चालनमा ल्याउन सकिने छ ।

विमानस्थलको २०७३ बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्