विराटका कारण चलचित्र क्षेत्र छोड्दै अनुष्का !



०४ बैशाख २०७६, काठमाडौँ

अनुष्का शर्मा बलिउडकी निकै चर्चित नायिका हुन् । तर आजभोली उनी चलचित्रमा त्यति व्यस्त भने देखिएकी छैनन् । पछिल्लो समयमा उनले शाहरुख खानसँग चलचित्र जिरो मा काम गरेकी थिइन् ।

त्यसपछि उनले कुनैपनि चलचित्र साइन नगरेको हल्ला छ । त्यसबाहेक उनी विभिन्न शो हरुमा पनि त्यति पुगेको देखिदैँन । यसकारण आजभोली बलिउडमा उनले चलचित्र क्षेत्र छोड्न लागेको चर्चा चल्न थालेको छ ।

अनुष्काले यस विषयमा केही बताएकी छैनन् तर उनले आफ्ना पति विराटका कारण चलचित्र क्षेत्रबाट टाढिन लागेको कुरा बाहिर आइरहेको छ । विराटले नै अनुष्कालाई चलचित्र क्षेत्र छोड्न सल्लाह दिएको कुरा बाहिर आउँदा विराटका नजिकका साथीहरुले भने यो कुरा गलत भएको बताएका छन् ।

उनीहरुले विराटले कहिल्यै पनि अनुष्काको काममा हस्तक्षेप नगरेको बताएका छन् । विराटले सधैँभरि अनुष्कालाई साथ दिएका छन् । तर अनुष्का किन चलचित्र क्षेत्रबाट टाढा हुँदैछिन् यो भने सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्