निक र प्रियंकालाई आमाबुबा बन्ने रहर, भन्छन् ‘सन्तानको विषयमा सोचिरहेका छौँ’



०४ बैशाख २०७५, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला चलचित्रमा भन्दापनि आफ्नो निजी जीवनमा व्यस्त छिन् । केही समय अघि उनको र निकको डिभोर्स हुन लागेको कुरा मिडियामा आएको थियो । यो कुरा गलत भएको जानकारी प्रियंकाले दिएकी थिइन् । त्यस्तै प्रियंका गर्भवती भएको कुरा समेत बाहिर आएको थियो । तर यो कुरा पनि गलत थियो ।

आफ्नो सन्तान योजनबारे निक र प्रियंकाले केही कुरा बताएका छन् । उनीहरुले आफूलाई सन्तान जन्माउने रहर भएको बताएका छन् । साथै निकले प्रियंका र आफूले यस बिषयमा सोचिरहेको समेत बताएका थिए । आजभोली प्रियंकाले पनि चलचित्रमा त्यति मन लगाएकी छैनन् । यसकारण पनि अब उनी छिट्टै आमा बन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्