सशस्त्रका ७० वर्ष कटेका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता !



०२ वैशाख २०७६, काठमाडौं

सशस्त्र प्रहरी बलले आफ्ना ७० वर्ष कटेका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।

यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरीलाई वार्षिक रुपमा १२ हजार रुपिँया जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका अनुसार ज्येष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्