समिट एयरको प्लेन लुक्लामा दुर्घटना



०१ बैशाख २०७६, काठमाडौं

नयाँ वर्षको पहिलो दिन आज विहान करिब ९ बजेर २० मिनेटमा काठमाडौंको लागि उड्ने क्रममा लुक्लामा समिट एयरको प्लेन दुर्घटना भएको छ ।

लुक्लामा रहेका ट्रेकिंग गाईड दिल्लीप्रसाद लम्सालका अुनसार काठमाडौंको लागि उडने क्रममा धावनमार्गमा समिट एयरको प्लेन मनाङ एयरको हेलिकप्टरमा ठोकिदा कोपाईलटसहित दुई सुरक्षाकर्मीको मृत्यु भएको बुझिएको छ ।

फोटो र अपडेट जानकारी पर्यटन बोर्डका पूर्व सदस्य तथा युवा पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाबाट प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्