नयाँ वर्ष ०७६ को अवसरमा परिवर्तन खबरको चियापान कार्यक्रम सम्पन्न (फोटो फिचर)



३० चैत २०७५, काठमाडौं

परिवर्तन संचार समूहको आयोजना र जोसेफ हाई स्कूलको सहकार्यमा नयाँ वर्ष २०७६ पूर्व सन्ध्यामा वृहत शुभकामना आदान–प्रदान, चियापान सहितको साँस्कृतिक कार्यक्रम परराष्ट्र विद् डा. राजन भट्टराईको प्रमुख आतिथ्यता र चर्चित हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुतीमा सम्पन्न भएको छ ।

बूढानीलकण्ठ १० स्थित जोसेफ हाई स्कूलको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, नेकपा प्रदेश ३ कमिटीका सदस्यहरु निर्मल कुईकेल, सुन्दर पुर्कुटी सहित बूनपा उपप्रमुख रमादेवी राई, कामपा वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, बूनपा १,२,५,८,१०,११,१२ का वडाध्यक्षहरु, बूढानीलकण्ठ नगरपालिका कार्यपालिकाका सदस्यहरु, समाजसेवा, शिक्षा लगायत व्यापार व्यवसायमा संलग्न उद्यमीहरु, विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शुभकामना आदान–प्रदान कार्यक्रममा नेपालकै चर्चित हाँस्य कलाकार मनोज गजुरेल, लोक गायक सूर्यमणी आचार्य, जोसेफ स्कूलकी आस्था घिमिरे, त्रि–ज्योती माविका योजना धमला र निरिक्षा घतानी सहितको साँस्कृतिक प्रस्तुती रहेको थियो ।

परिवर्तन खबरका संचालक ध्रुवप्रसाद घिमिरेको अध्यक्षता, जोसेफ स्कूलका प्रिन्सिपल सूर्य बहादुर अधिकारीको स्वागत र विज्ञान दाहालको संचालन रहेको कार्यक्रममा बौद्ध धर्मगुरु थुप्तेन जिग्डोल लामा, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, बूनपा उप–प्रमुख रमादेवी राई, नेकपा प्रदेश ३ का सदस्य निर्मल कुईकेल, नेकपा केन्द्रिय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराई, ले शुभकामना मन्तव्य राखेका थिए ।     

नयाँ वर्षको पूर्व सन्ध्यामा परिवर्तन खबरद्वारा आयोजित कार्यक्रमको संक्षिप्त भिडियो :

 

प्रतिक्रिया दिनुहोस्