कवि सम्मेलनका सहभागीलाई भानुघरको माटो उपहार !



२९ चैत्र २०७५, काठमाडौं

आदिकवि भानुभक्त आचार्यको जन्म गाँउमा हुने अन्तराष्ट्रिय कवि सम्मेलनमा सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ ।

चैत्र ३० गते (भोलि) भानु नगरपालिका–५, चुँदीरम्घामा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तँनहुको आयोजनामा हुने सम्मेलनमा सहभागी साहित्यकारलाई भानुघरको माटो, भानुभक्तकालीन बिर्खे टोपी उपहार दिईने छ ।

भानुभक्तको योगदान स्मरण गराउने उद्देश्यले सो उपहार दिन लागिएको हो ।

साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसर पारेर भानुभक्तको गाँउमै अन्तराष्ट्रिय कवि सम्मेलन हुदैँछ ।

सम्मेलनमा अमेरिका, म्यानमार, भारत, भूटान, बङ्गलादेश, चीन ,जापान र नेपाललगायतका साहित्यकारहरुको सहभागिता रहने छ ।

आयोजकका अनुसार देशभरबाट पाँच दर्शन बढी साहित्यकार र कवि सहभागी हुनेछन् ।

साहित्यकार भोलि आइतबार बिहान रानागाँउदेखि नौमती बाजासहित पदयात्रा गरी भानुभक्तको जन्मघर शिखर कटेरीमा पुग्रनेछन् ।

अन्तराष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुभक्तको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुर्याउने नगरपालिका प्रमुख उदयराज गौलीले बताए ।

प्रतिक्रिया दिनुहोस्