सगरमाथाको उचाई नाप्ने टोलीलाई प्रम ओलीले गरे विदाई !



२७ चैत्र २०७५, काठमाडौं

संसारको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न जान लागेको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलील विदाई गरेका छन् ।

ओलीले आज नापीका ४ जनाको टोलीलाई विदाई गरेका हुन् ।

टोलीमा प्रमुख नापी अधिकृतद्वय खिमलाल गौतम र रबिन कार्की, सर्वेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धिताल रहेका छन् ।

टोलीले करिब एक महिनामा सो काम फत्ते गरेर फर्कने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्