कपन साहित्य समाजको कविता क्यालेण्डर -२०७६ विमोचन (फोटो फिचर)



कपन साहित्य समाजले नयाँ वर्ष २०७६ को अवसरमा कविता क्यालेण्डर विमोचन गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत प्रसाद उपाध्यायले साहिल्यलाई समाजको दर्पण भएको बताउदै यस क्षेत्रका राजनीतिकर्मीले विशेष सहयोग गरेका कारण कपन क्षेत्र नेपाली साहित्यमा विशेष योगदान पुर्याउन सकेको बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले कपन साहित्य समाजद्वारा प्रकाशित कविता क्यालेण्डर २०७६ मा समेटिएका कविताहरु कम निराशावादी र वढी रुपान्तरणकारी भएको बताउदै समाजले नेपाली साहित्यको विकास र विस्तारमा विशेष योगदान पुर्याएको बताए ।

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा प्रकाशित कविता क्यालेण्डर २०७६ मा विभिन्न विद्याका ५३ वटा कविताहरु छापिएका छन् । जसमा ८ कवयित्री र ४५ कविका कविताहरु समेटिएका छन् ।

समारोहमा कुनैपनि कवि तथा कवयित्रीले कविता वाचन गरेनन् भने त्रिज्योती मावि कक्षा १ मा अध्ययनरत योजना धमलाले दमदार नृत्य प्रस्तुत गरिन् ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले समेत शुभकामना मन्तव्य राखेका थिए भने कविता पात्रो प्रकाशन समितिका संयोजक तथा समाजका उपाध्यक्ष डा विष्णु केसीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का शम्भु भट्टराई लगायत साहित्यकार तथा साहित्यप्रेमीहरुको बाक्लो उपस्थिती थियो ।

गणेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका महासचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्