यूवाद्वारा ‘चिनियाँ गो ब्याक’ को नारा लाग्यो जनकपुरमा !



२५ चैत २०७५, काठमाडौं

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा स्थानीय युवाहरुले ‘चाइना गो ब्याक’ नारा लगाएका छन् । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको विरुद्धमा यूवाहरुले यस्तो नारा लगाएका हुन् ।

चीनबाट गाई ल्याउन प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको भन्दै युवाहरुले त्यसको विरोधमा नारावाजी गरेका हुन् ।

चिनियाँ गाई आएमा नेपाली किसान मर्कामा पर्ने भन्दै युवाहरुले त्यसको विरोध गरेको प्रदर्शनकारीले बताए । जनकपुरको भानु चोकबाट युवाहरुले ‘चाइना गो ब्याक’ लेखेको प्लेकार्ड बोकेर शिव चोकसम्म प्रदर्शन गरेका थिए ।

उक्त टोलीले सो सम्झौता खारेज नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । सरकारले चिनियाँ पक्षसँग गाई ल्याउने विषयमा गरेको सहमतिको बारेमा धेरै ठाउँमा यसको विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्