मेरो पहलमा १ करोड आउँथ्यो, डा. राजन भट्टराईले ५ करोड पार्नुभो : सांसद कार्की (भिडियो सहित)



२४ चैत २०७५, काठमाडौं

कपन बहुमुखी क्याम्पसको दास्रो क्याम्पस सभाका प्रमुख अतिथि नेकपा स्थानीय नेता तथा प्रदेश सांसद कुसुम कुमार कार्कीले क्याम्पसको निर्माणाधिन भवनलाई डा. राजन भट्टराईको पहलमा प्रदेश सरकारबाट ५ करोड रकम विनियोजन भएको बताएका छन् ।

अस्वस्थ राजनीति गर्ने स्थानको रुपमा परिचित कपन आसपासको क्षेत्रमा क्याम्पस निर्माणको लागि छुट्याएको बजेटको अपनत्व लिने विषयमा समेत अस्वस्थ राजनीति भएको बुझियो । त्यसैले केही समय अघि प्रदेश सरकारले क्याम्पस भवन निर्माणार्थ बजेट छुट्याएको भन्दै स्थापना दिवसको अवसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्याे । उक्त कार्यक्रममा व्यवस्थापन समितिले मर्यादाक्रम मिलाउन नजान्दा पहलकर्ता तथा यस क्षेत्रकै विकासप्रेमी नेता डा. राजन भट्टराईले अपमानित हुनुपर्याे ।

क्याम्पस सभामा सांसद कार्कीले आफ्नो मन्तव्य राख्दै गरेको भिडियो :

एक महिना नबित्दै भएको दोस्रो क्याम्पस सभामा डा. भट्टराईलाई क्याम्पस व्यवस्थापनले निमन्त्रणा नै नगरी स्थानीय नेता तथा प्रदेश सांसद कार्कीलाई प्रमुख अतिथिको रुपमा निम्त्यायो । क्याम्पस स्थापनापछि सवैभन्दा ठूलो आर्थिक अनुदान रु. पाँच करोड पार्ने डा. भट्टराईलाई क्याम्पस व्यवस्थापनले किन महत्व दिन आवश्यक ठानेन् ?

गोप्य स्रोतका अनुसार क्याम्पस व्यवस्थापन समितिको बैठकमा कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा सामान्य छलफल मात्र भयो । समितिका केहीले डा. भट्टराई भन्दा सांसद कार्कीलाई प्रमुख अतिथि बनाउनु उपयोगी ठाने । परिणामत: बजेट विनियोजनपछिको पहिलो कार्यक्रममा डा. भट्टराईलाई अपमानित गरियो र दोस्रो कार्यक्रममा उनलाई बोलाउन आवश्यक नै ठानिएन ।

स्रोतका अनुसार डा. राजन भट्टराईले पुर्याएको योगदानको सम्मान नगरेपछि क्याम्पसको आजीवन सदस्य बनेका आधा भन्दा बढी नेकपा समर्थकहरु कार्यक्रममा सहभागी हुन नै उपयुक्त ठानेनन् । उपस्थित मध्ये अधिकांश समर्थक प्रमुख अतिथि नबोल्दै कार्यक्रम हलबाट बाहिरिए । अझ रोचक के देखियो भने आजीवन सदस्य बनेका एक समर्थकले सभाहलमा उपस्थित भएर पनि प्रमुख अतिथि सांसद कार्कीबाट आजीवन सदस्यताको कदर पत्र र दोसल्ला बहिष्कार गरेपछि सभाहल केही छिन अचम्मित देखियो ।

राजनीतिमा लामै समय खर्चिएका सांंसद कार्कीले अवस्थाको विश्लेषण गरी क्याम्पस भवन निर्माणको लागि डा. राजन भट्टराईको मुख्य योगदान रहेको, अर्का प्रदेश सांसद न्हुँच्छे नारायण श्रेष्ठले समर्थन मात्र गरेको र आफ्नो पहलमा क्याम्पस भवन निर्माणार्थ १ करोड भन्दा बढी बजेट विनियोजन हुनै नसक्ने स्वीकार्दै डा.भट्टराईलाई विशेष धन्यवाद दिनुपर्याे ।

डा. भट्टराई यस क्षेत्रबाट गत निर्वाचनमा पराजित सांसद हुन् । तर वर्तमान प्रधानमन्त्रीको शक्तिशाली सल्लाहकारमा रहेका उनले मेलम्ची खानेपानी परियोजना विस्तार, साततले आनीगुम्बा सडक, साततले मिलनचोक खहरे ढल विस्तार आयोजना सहित कपन बहुमुखी क्याम्पसमा पछिल्लो पटक विनियोजित पाँच करोडले करिव एक वर्षभित्रै साँढे दुई अर्व बराबरका परियोजना यस क्षेत्रमा पारिसकेका छन् ।

पार्टी एकताको अभावले उनले गरेको कामको चर्चा न स्थानीय जनप्रतिनिधि खुलेर गर्छन् न प्रदेश सांसद नै । क्याम्पसको कार्यक्रममा प्रमुख अतिथि नबनाईनु यहि अस्वस्थ राजनीतिको प्रतिविम्व हो ।

पार्टी एकता छिट्टै नटुङ्गिने, स्थानीय जनप्रतिनिधि खुलेर कुरा नगर्ने र डा. राजन भट्टराई आफूले गरेका कामको प्रचार गर्न नचाहने परिस्थितिले गर्दा पार्टीले अर्काे निर्वाचनमा समेत संघीय संसदमा यस क्षेत्रबाट प्रतिनिधि पठाउन नसक्ने खतरा बढेको देखिन्छ । गर्नेहरुलाई सम्मान गर्दै अझ राम्रो गर्न प्रेरित गर्न यस क्षेत्रका बुद्धिजीविहरुले समयमा नै आवश्यक भूमिका निर्वाह नगर्ने हो भने अनुकूल परिस्थिति समेत जटिलतामा परिणत हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्