‘ए मेरो हजुर ३’ को तेस्रो गीत इन्टरनेट रिलिज !(भिडियो सहित)



२३ चैत्र २०७५, काठमाडौं

आगामी २९ चैत्रबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ ।

‘चिट डे’ बोलको गीतमा फिल्मकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् ।

प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् ।

फिल्मले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको हुँदा सार्वजनिक गीतमा आफ्नो फेभरेटु गायक प्रेम (अनमोल केसी) लाई भेटेपछि सुहानाको खुसीलाई व्यक्त गर्न खोजिएको छ ।

भिडियोमा उनको एक्सप्रेसनु गजब छ । राहुलको सजिलै टिप्न गाह्रो हुने डान्स स्टेपमा उनले उम्दा नृत्य प्रस्तुत गरेकी छन् । भिडियोमा केही बोल्ड देखिएकी उनको नृत्यले धेरैलाई तान्छ ।

गीतमा अनमोल भने सुरुवातमा मात्र देखिन्छन् । निर्देशक झरना थापाले सार्वजनिक गीत फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको बताइन् ।

अभिनेत्री सुहाना उनकै छोरी हुन् । ‘ए मेरो हजुर ३’ बाट उनले छोरीलाई फिल्ममा ल्याएकी हुन् । फिल्मको यसअघि सार्वजनिक दुई गीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । अब धेरैलाई फिल्मको प्रतिक्षा छ ।

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्