‘पिएमसी सोसल सर्भिस क्लब’द्वारा ब्रेन क्यान्सर पीडित ‘रबिना राई’लाई सहयोग रकम हस्तान्तरण !(भिडियो सहित)



१९ चैत्र २०७५, काठमाडौं

जीवनमा कुनै त्यस्तो अप्रिय चिज छ भने, त्यो मृत्यु हो ।

जसबाट मान्छे सधैं टाढा रहँन खोज्छ । तर,कदापी सक्दैन ।

मान्छे आफु रुँदै आउनु अनि अरुलाई रुवाउँदै जानुबीचको भागलाई जीवनको संज्ञा दिईएको छ ।

मृत्यु र जीवन एकअर्काका विकल्प होेईन । न त यिनीहरु एकअर्काको शत्रु नै हुन् । मृत्युसँग जीवन गाँसिएको हुन्छ । जीवनलाई मृत्युले लय, छन्द अनि निश्चित आकारमा ल्याउने महान् कार्य गर्दछ ।

एउटा मान्छे जन्मिन्छ, हुर्किन्छ । जसोतसो जीवनलाई गुजार्छ । अनि एक दिन प्रकृतिमा एकाकार हुन्छ । कहिल्यै नफर्किने गरि, यो त प्रकृतिको लिला नै हुन् । तर, मान्छे त्यो समय दुःको भूमरीमा पर्छ ।

जत्तिखेर जीवनको पूर्वसन्ध्यामै उसको जीवन मृत्युसँग गाँसिन खोज्छ ।

उसलाई बाँच्नु छ । तर, आधार हुँदैन । उसलाई आधार चाहिएको हुन्छ । अरुको सहयोग चाहिएको हुन्छ ।

यस्तै अवस्थाका एक जना मृत्यसँग लडिरहेकी एक जीवन योद्धा हुन् । लोखिमस्थित रबिना राई । जो विगत डेढ महिनादेखि काठमाडौंको टिचिङ हस्पिटलको बेडमा लडिरहेकी छिन् ।

ब्रेन क्यान्सरबाट ग्रस्त रबिनाको पारिवारिक अवस्था पनि मजबुद छैन ।

तपाईहरु सम्पुर्ण सहयोगी मनहरुमा यो मन ओछ्याएर हामी सहयोगको अपिल गर्दछौं ।

अनि !

विगत माघ २४ देखि काठमाडौं टिचिङ हस्पिटलमा जीवन मृत्यको दोसाहसमा जीवन व्यतीत गरिरहेकी ब्रेन क्यान्सर पीडित रबिना राईको लागि काठमाडौंस्थित ‘पशुपति बहुमुखि क्याम्पस’का बीएसडब्लु फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुद्वारा विशेष काम भएको छ ।

केही समय अगाडी गठन भएको विद्यार्थीहरुको पिएमसी सोसल सर्भिस क्लब’ले रबिनाका लागि नाटक प्रदर्शन गरी रकम संकलन गरेको थियो ।

को हुन? रबिना?

रबिना राई सोलुखुम्बुस्थित एक साधारण परिवारकी महिला हुन् ।

जसको पारिवारिक अवस्था पनि दयनीय छ।

उनी विगत २ महिनादेखि काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचारार्थ छिन् ।

उनको अहिलेसम्म पनि सफल उपचार हुने सकेको छैन ।

के गर्यो त? पिएमसी सोसल सर्भिस क्लबले? रबिनाको लागि?

क्यान्सर पीडित रबिनाको लागि पिएमसी सोसल सर्भिस क्लबले गत शुक्रबार एक नाटक प्रदर्शन गर्यो ।

साथै, सो नाटकबाट संकलित रकम रबिनाको उपाचारको निम्ति खर्च गर्ने बाचा गर्यो । सोही अनुरुप उसले सो रकम रबिनालाई हस्तान्तरण गर्यो ।

पिएमसी सोसल सर्भिस क्लबले रबिनाको लागि नाटकबाट उठाएको १२ हजार २ सय ५५ रुपैंया हस्तान्तरण गरेको छ ।

नाटकको केही अंझलकहरु !

यो पनि पढ्नुहोस् !

ब्रेन क्यान्सरले ग्रस्त ‘रबिना राई’लाई सहयोगको लागि कारुणीक अपिल ! (डकुमेन्ट्री सहित)

 

रकम हस्तान्तरणको भिडियो !

प्रतिक्रिया दिनुहोस्