एनआईसी एशियाले पशुपति क्षेत्रलाई दियो घुम्ती शौचालय



१७ चैत २०७५, काठमाडौं

एन आई सी एशिया बैंक लिमिटेडले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाललाई वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरका छन् ।

वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्वर्धनमा भविष्यमा बढीभन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमा दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंक प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाउँदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गरे । साथै सोको लागि कोषले बैंक प्रति हार्दिक धन्यवाद ब्यक्त गरेको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्