करिश्माले ‘एबीसी’ सिकाएका राजेश ‘केबीसी’का प्रस्तोता भईसक्दा करिश्मा भने भर्खर ‘एसईई’ दिदैँ !



१५ चैत्र २०७५, काठमाडौं

राजेश हमाल भर्खर ‘एबीसि’ सिक्दै गर्दा अभिनेत्री करिश्मा मानन्धरको मुखबाट ‘आई लव यू’ भन्ने वाक्यांस सजिलै फुत्किन्थ्यो ।

तर, अहिले सोच्दा अचम्म लाग्छ ।

राजेश हमाल फ्रेञ्चाईच शो ‘केबीसि’ मा प्रस्तोताको भूमिका निर्वाह गरिरहँदा करिश्मा भर्खर प्रवेशिका तहको ‘एसईई’मा रमाउँदै छिन् ।

कसरी यस्तो भयो? म आफै रणभूलमा पर्छु ।

राजेश अंग्रेजीका साधारण वाक्यांसहरु उच्चारण गर्न सिकिरहँदा करिश्मा भने, अंग्रेजीमा राजेशलाई प्रपोज गर्नसम्म भ्याउथिन् ।

तर, अहिलेको यो अवस्थाले म आफैलाई हाँसो लाग्छ ।

शिष्य ‘केबीसि’, गुरु ‘एसईई’ !!

 

यो भन्दा हाँसो लाग्ने कुरा के होला?

अनि !

करिश्मा मानन्धर नेपालकी निकै चर्चित अभिनेत्री हुन् । त्यतिमात्र नभएर उनले नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी छिन् ।

सुरुवाती क्रमदेखि नै आफ्नो अभिनयका कारण अव्वल साबित हुँदै आएकी करिश्मा मानन्धरको नेपाली चलचित्र क्षेत्रमा निकै ठूलो योगदान पनि रहेको छ ।

करिश्माले नेपाली चलचित्र क्षेत्रमा निकै सफल चलचित्रहरु दिइसकेकी छिन् । करिश्माले २०४४ सालमा चलचित्र सन्तान बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी हुन् । जतिबेला उनी मात्र १७ बर्षकी थिइन् ।

पहिलो चलचित्रबाट नै दर्शकबाट करिश्माले अपार माया पाउन सफल भइन् । त्यसपछि उनले चलचित्र क्षेत्रमा पछाडी फर्केर हेर्नुपरेको छैन ।

सन्तान पछि उनले धेरै चलचित्रमा काम गरिन् । अझ भन्नुपर्दा उनका पुराना चलचित्रमा उनले धेरै चलचित्र त महानायक राजेश हमालसँग गरेकी छिन् ।

राजेश र करिश्माको जोडीलाई दर्शकले यति रुचाए कि आजपनि नेपाली चलचित्र जगत्मा राजेश र करिश्माको जस्तो अरु कसैको पनि मानिदैँन ।

राजेश र करिश्माले एकसाथ धेरै चलचित्रमा काम गरेका छन् । जुन चलचित्र आज पनि सुपरहिट छन् । त्यस्तै राजेश र करिश्माको चलचित्रका गीत पनि दर्शकले अझै आनन्दका साथ सुन्ने गरेका छन् ।

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्