डिग्री होल्डर युवाहरु ‘कोरिया’तिर, नेपाली सांसदलाई ‘एसईई’को पिर !



१४ चैत्र २०७५, काठमाडौं

अहिले नेपालमा मा.वी. तहको प्रवेशिका परीक्षा अर्थात (एसईई) संचालन भईरहेको छ ।

जुन, परीक्षामा ‘शान्ता चौधरी’ नामकी एक विद्यार्थी पनि सहभागी छिन् ।

जो एक साधारण विद्यार्थी मात्रै होईनन् । ऊनी त, नेकपाकी सचेतक तथा सांसद पनि हुन् नी ।

अनि !

फेरी तपाईलाई याद छ?

यो समय त, नेपालबाट दक्षिण कोरिया काम गर्न जानका लागि फारम अर्थात (ईपीएस) को फारम भर्ने समय पनि हो ।

जहाँ कोरियाले १० हजार ५० जना नेपाली कामदारको माग गरेको छ ।

फेरी अर्को कुरा अवगतै होलानी यहाँहरुलाई?

कोरिया काम गर्नको लागि जाने नेपालीहरु त नी, प्रायः ती सांसदभन्दा ‘हाई क्वालिफीकेशन’का छन् !

हेर्नुहोस् त कस्तो संयोग?

नेपाली क्वालिफाईड युवाहरु कोरिया जानका लागि ‘ईपीएस’ को फारम भरिरहँदा हाम्री देश चलाउने सांसद तथा उच्च पदस्थका मान्छेहरु भने, भर्खर प्रवेशिका तहको ‘एसईई’ परीक्षामा रमाउँदै छन् ।

अनि नेपालको स्थिती हेर्नुहोस् त !

तर, यि सबै कुराहरुलाई उठाईरहँदा कसैको अधिकारमाथिको हस्ताक्षेपको संज्ञा भने नदिईओस् यी आवाजहरुलाई !

यहाँ जसको नाम लिईएको उनी त केबल एक प्रतिनिधि पात्र मात्र हुन् ।

तर, फेरी यहाँ एउटा मान्यता जीवितै छ । र, हो पनि, माथिल्लो तहका मानिसहरु अन्य साधारण व्यक्तिभन्दा क्वालिफाईड नै हुनुपर्दछ । यो एकदमै आवश्यक हो । नेतृत्वको दृष्टिबाट हेर्दा ।

तर, फेरी नेपालीहरु उखान टुक्का जोड्नमा सिपालु छन्,

भन्लान्, ‘मान्छेले पढेर होईन, परेर जानिन्छ ।’ त्यो पनि हो । तर, यत्ति भन्न खोजिएको हो ।

सबै कुरा प्रयोगात्मक विधिबाट मात्रै सम्भव हुँदैनन् । त्यहाँ, सैद्धान्तिक पक्ष उत्तिकै सवल भएर आउँन सक्छन् ।

कुरा यत्ति हो !

यो समयमा उनी नेपालको स्थितीसँग दाँजिनयोग्य भईन् ।

उनी केबल प्रतिनिधि पात्र मात्र हुन् ।

 

प्रतिक्रिया दिनुहोस्