सांसद श्रेष्ठद्वारा सडक कालोपत्रे र ढल निर्माणबारे स्थानीयसँग छलफल



१२ चैत २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कालीमाटी टंकेश्वर निर्माणधिन सडकमा थप कालोपत्रे र ढल निर्माणको लागि स्थानीय सरोकारवालासँग छलफल गरेका छन् ।

निलबाराही जाने बाटोदेखि टंकेश्वर पुलसम्मको सडक खण्डमा थप सडक कालोपत्र गर्ने, छेउछाउमा ह्युम पाईप राखी ढल निर्माण गर्ने र फुटपाथ निर्माण गर्न स्थानीय जनसमुदायसँग अन्तरक्रिया गरेका छन् ।

छलफलमा सांसद श्रेष्ठ सहित काठमाडौं महानगरपालिका वडा नं १३ वडाध्यक्ष ध्रुव नारायण मानन्धर, अन्य जनप्रतिनिधि र स्थानीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रस्तावित सडक निर्माण सम्पन्न भएपछि वर्षौदेखि बिग्रेर आवत जावत गर्न समस्या भईरहेको कालिमाटी शालिक देखि ताहाचलसम्म व्यवस्थित सडक निर्माण भई पैदल यात्रु तथा सवारीसाधनलाई समेत सुरक्षित र सहज हुने सांसद श्रेष्ठका स्वकीय सचिव निरज श्रेष्ठले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्