अव काठमाडौं धुलोरहित : ५ थान नयाँ ब्रुमरले दैनिक शहर सफा गर्दै



१२ चैत २०७५, काठमाडौं

सफा र स्वच्छ शहरको योजनाबद्ध विकास र विस्तार, धुँलो, धुँवा र ध्वनीमुक्त शहर, प्रदुषण रहित वातावरण र फोहोर मुक्त शहर भन्ने मूल उद्देश्यले काठमाडौं महानगरपालिकाले आजबाट पाँच थान नयाँ ब्रुमर संचालनमा ल्याएको छ ।

राष्ट्रिय सभा गृहको प्राङ्गणमा महानगरप्रमुख विद्यासुन्दर शाक्यले रिवन काटी ब्रुमरको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायत प्रमुख प्रशासकीय अधिकृत र विभिन्न वडाका वडाध्यक्ष साथै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

इटालीबाट आयात गरिएका पाँच वटा आधुनिक ब्रुमर महानगरको पाँच स्थानबाट दैनिक सरसफाई गर्ने महानगरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । डिजेलबाट संचालित हुने ब्रुमरमा १ अगाडि, २ छेउमा र १ बिच भागमा रहने गरी ४ ओटा ब्रस भएको ब्रुमरमा ५०० लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण क्षमता रहेको महानगरले जनाएको छ ।

प्रतिघण्टा १० किलोमिटर सफाई गर्ने क्षमता राख्ने प्रत्येक ब्रुमरको सरकारलाई बुझाउनुपर्ने कर कलकत्ता देखि काठमाडौंसम्मको ढुवानी खर्च र लागत मूल्य जोड्दा प्रति ब्रुमर २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैंया परेको महानगरले जनाएको छ । यस मूल्यमा तेस्रो पक्ष विमा वापतको रकम आउँदो ३ बर्षसम्म महानगरले तोकेको रुटमा संचालन र सर्भिसिङ्गको खर्च अधिकृत विक्रेताको हुनेछ भने ब्रुमरमा लाग्ने ईन्धन महानगरले उपलब्ध गराउने विज्ञप्ती मार्फत जनाईएको छ ।

काठमाडौं महानगरपालिकाको ब्रुमर संचालन हुने रुटहरु :

प्रतिक्रिया दिनुहोस्