इटहरीमा पहिलो पटक रात्रीकालीन एपिएल क्रिकेट प्रतियागिता हुने



१२ चैत २०७५, इटहरी

इटहरीमा पहिलो पटक रात्रीकालीन टि ट्वान्टी क्रिक्रेट प्रतियोगिता हुने भएको छ । एपिएल नाम दिईएको प्रतियोगिताको आयोजना एरिना टेलिभिजनले गर्न लागेको हो । प्रतियोगिता बैशाख २२ गते देखि रात्रीकालीन समयमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी बताएको छ । प्रतियोगिता इटहरीमा रहेको डिभिएम् ग्लोवल स्कुलको मैदानमा हुनेछ ।

एरिना टेलिभिजनका अध्यक्ष समिर कार्कीका अनुसार प्रदेश एकमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन नसकेकाले इटहरीमा रात्रिकालीन प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरको खेलाडीहरुले प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा इटहरी किंस, बिभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाडांै, नेपाल पुलिस क्लब काठमाडौं, काठमाडांै क्रिकेट टिम, विरगंज र धनगडी क्रिकेट टिम गरी ६ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ पाउने छ । उपविजेता बन्ने टोलीले १ लाख, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याट्स म्यानले ५ हजार, बेष्ट बलरले ५ हजार र म्यान अफ द म्याचले २ हजार रुपैयाँ पुरस्कार पाउने कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्