नेपाल र अफगानिस्तान आमने सामने हुँदै !



१२ चैत्र २०७५, काठमाडौं

एएफसी यू–२३ च्याम्पियनसिप छनौट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राती पौने दश बजे खेल सुरु हुनेछ । खेल दुबै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ ।

यसअघि २/२ खेल खेलेका नेपाल र अफगानिस्तान दुबै खेलमा पराजय भोग्दै छनौट चरणबाट बाहिरिसकेका छन् । पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसिप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ ।

नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन् । समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुंगो लाग्नेछ ।

जसमा विजेता टोलीले एएफसी यु–२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ । त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ ।

दुई खेल खेलेको कतारको ६ अंक छ भने समान खेल खेलेको ओमनको पनि समान ६ अंक नै छ ।

प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्