‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालको ह्याट्रिक, दुई दिदी–बहिनी एलिशा र रुविशाद्वारा ४० घण्टे नृत्य गरिदैं !(प्रेस विज्ञप्तीसहित)



१२ चैत्र २०७५, काठमाडौं

‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालले पछिल्लो समयमा धेरै साहसीला र आँटिला कामहरु गर्दै आईरहेको छ ।

यस्तै फेरी एकपटक ‘विश्व रेकर्ड’मा ‘नेपाल’ लेखिने भएको छ ।

दुई दिदी–बहिनी एलिशा श्रेष्ठ र रुविशा श्रेष्ठले लगातार ४० घण्टा युगल नृत्य गरेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा नाम राख्ने तयारी गरेका छन् ।

योसँगैं नेपालले ‘विश्व रेकर्ड’को क्षेत्रमा ह्याट्रिक गर्ने भएको छ ।

यसभन्दा केही महिना अगाडी मात्रै नेपालकी साहसी छोरी बन्दना नेपालले १२६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ राखेकी थिईन् ।

सानैदेखि नृत्यमा रुची राख्ने यी दुई दिदी–बहिनी एलिशा र रुविशा अहिले स्थापित नृत्यकारहरु हुन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिकास्थित स्थाई घर भएका एलिशा र रुविशा हाल कयापिटल कलेजमा स्नातक पहिलो वर्षका विद्याथीहरु हुन् ।

४० घण्टे नृत्यका संयोजक तथा मोटिभेशनल स्पिकर सन्तोष लामाले प्रेस मिटमा बोल्दै नेपाल विश्व लोक–संस्कृतिमा धनी हुनु र यस्तो विधामा ‘विश्व रेकर्ड’ राख्नु समस्त नेपालीका लागि खुशीको कुरा भएको बताए ।

“नेपालले अब ‘विश्व रेकर्ड’मा ह्याट्रिक गर्दै छ । यो हामीजस्तो विकासोन्मुख देशका जनताका लागि गौरवको कुरा हो ।” उनले भने ।

कार्यक्रम आगामी ११ जेष्ठबाट सुरु हुने सोमबार स्वायम्भूस्थित होटल चोईसमा प्रेस मिट गरी जानकारी दिईएको हो ।

प्रेस विज्ञप्ती हेर्नुहोस् !

 

 

प्रतिक्रिया दिनुहोस्