एसिड आक्रमणपछि यस्तो भयो दिपिकाको अनुहार



१२ चैत्र २०७५, काठमाडौँ

दिपिका पादुकोेण बलिउडकी निकै चर्चित नायिका हुन् । सन् २०१८ नोभेम्बरमा आफ्ना प्रेमी रणवीर सिंहसँग विवाह गरेकी दिपिकाले विवाहपछि कुनै चलचित्रमा काम गरेकी छैनन् । विवाहपछि उनको पहिलो चलचित्र अब प्रदर्शनमा आउने भएको छ ।  जहाँ उनी विल्कुलै फरक अवतारमा देखिएकी छिन् ।

चलचित्र छपाक मा उनी फरक गेटअपमा देखिन लागेकी हुन् । एसिड आक्रमणबाट बाच्न सफल लक्ष्मी अग्रवालको जीवनमा आधारित तयार भएको चलचित्रमा दिपिकाले आफ्नो गेटअप परिवर्तन गरेकी हुन् ।

चलचित्रको फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा दिपिकाको लुक्स देखेर दर्शक मात्र नभएर सबै कलाकार नै छक्क परेका छन् । दिपिकाको लुक्स देखेर नै दर्शक यो चलचित्र हेर्नको लागि निकै उत्साहित भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्