कुवेतविरुद्ध नेपाल कमजोर सावित !



१२ चैत्र २०७५, काठमाडौं

नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १–० ले पराजित भएको छ ।

खेलको २९ औं मिनेटमा कुवेतले निर्णायक गोल गर्दै नेपालविरुद्ध बलियो सावित भएको हो ।

खेलदौरान कुवेतले अधिकांश समय आक्रमण गरेपनि गोलरक्षक किरण चेम्जोङ लगातार बाधक बनिरहे ।

पहिलो खेलमा गोलरहित बराबरी नतिजा हात पार्दा उत्कृष्ट रहेका किरणले दोस्रो खेलमा पनि आफ्नो लय कायम राखे ।

प्रशिक्षक योहान कालीनले पहिलो खेलबाट अग्रपंक्तिमा दुई खेलाडी परिवर्तन गरेपनि आक्रमणमा नेपाल फितलो देखिएको थियो ।

यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ ।

प्रशिक्षक योहान कालीनको पहिलो जिम्मेवारीमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रह्यो ।

पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध नभएको अवस्थामा कालीनले नयाँ खेलाडीलाई मौका दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्