युरो कप : आज ८ खेल हुँदै, यस्तो छ टोली रिभल्स र टाईमटेबल !



१२ चैत्र २०७५, काठमाडौं

युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता युरो कपअन्तर्गत आज विभिन्न ८ खेल हुँदैछन् ।

छनौट खेलमा युरोपका ५५ वटै देशले खेल्नेछन् । ५५ वटा देशलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ ।

जसमा हरेक समूहबाट शीर्ष दुईमा पर्ने टोली युरो कपका लागि छनौट हुन्छन् । ४ टिमलाई प्ले अफ्बाट लगिनेछ । बाँकी ८ टिमलाई अन्य प्रक्रियाबाट लगिनेछ ।

आज हुने ८ खेलमध्ये स्पेन र माल्टाको खेल सबैभन्दा केन्द्रमा हुनेछन् । त्यसैगरी, स्वीट्जरल्यान्ड र डेनमार्कको खेल पनि रोमाञ्चक हुनेछ । आज इटालीको खेल पनि हेर्नलायक हुनेछ ।

नेपालमा यी खेल सोनी नेटवर्कअन्तर्गतका च्यानल, मोबाइल एप ताथ वेबसाइट पनि लाइभ हेर्न सकिनेछ ।

टोली रिभल्स र टाईम टेबल !

अर्मानिया भर्सेस फिनल्यान्ड – राति १०ः४५ बजे

माल्टा भर्सेस स्पेन – राति १ः३० बजे

बोस्निया एन्ड हर्जगोभिना भर्सेस ग्रीस – राति १ः३० बजे

रोमानिया भर्सेस फारोइ आइसल्यान्ड – राति १ः३० बजे

स्वीट्जरल्यान्ड भर्सेस डेनमार्क – राति १ः३० बजे

इटाली भर्सेस लिच्टेनसटेइन – राति १ः३० बजे

नर्वे भर्सेस स्वीडेन – राति १ः३० बजे

आयरल्यान्ड भर्सेस जर्जिया – राति १ः३० बजे

प्रतिक्रिया दिनुहोस्