बलिउड नायिका दिशा पटानीको हट अवतारले मच्चायो हगांमा



१२ चैत्र २०७५, काठमाडौँ

दिशा पटानी बलिउडकी चर्चित नायिका हुन् । अझ उनी आफ्नो चलचित्र र अभिनयको कारणले भन्दापनि बलिउड अभिनेता टाइगर श्राफसँगको प्रेमको कारणले चर्चामा आउने गर्छिन् । उनको नाम बलिउडमा चलचित्र बागी २ बाट चर्चामा आएको हो ।

यतिबेला उनी चलचित्र भारत को छायांकनमा व्यस्त छिन् । त्यस्तै दिशा बेला बेलामा आफ्नो हट अवतारको कारण पनि चर्चामा आउने गर्छिन् । अहिले पनि उनी सामाजिक सञ्जालमा आफ्नो हट अवतारको कारण नै चर्चामा छिन् ।

दिशाले विकिनी लगाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले उनको निकै चर्चा भैरहेको छ । कत्तिले उनको तस्बिरमा सकरात्मक कमेन्ट गरेका छन् भने कत्तिले नकरात्मक कमेन्ट पनि गरेका छन् । उनी उक्त तस्बिरमा निकै नै हट देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्