सलिनमान भन्छन्, ‘अनमोलसँग हार्छु तर भाग्दिन’



१२ चैत्र २०७५, काठमाडौँ

सलिनमान बनियाँ अहिलेका सर्वाधिक व्यस्त र चर्चित अभिनेता हुन् । पहिलो चलचित्र ‘ए मेरो हजुर २’ बाट निकै सफलता पाएपछि अहिले उनी उनको दोस्रो चलचित्र ‘यात्रा’ मा व्यस्त छन् । चलचत्रि ‘यात्रा’ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

हिजोमात्र चलचित्र यात्रा को अफिसियल ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका निर्माता निर्देशकदेखि अधिकांश कलाकारको उपस्थिति रहेको थियो । चैत्र २९ मा यात्रा सँगै अनमोल केसी र सुहाना थापा स्टारर बहुप्रतिक्षित चलचित्र ए मेरो हजुर ३ पनि प्रदर्शनमा आउने भएकाले सलिनमानलाई अनमोलसँग जोडेर प्रश्न गर्ने गरिएको छ ।

हिजोपनि सलिनलाई अनमोलसँग कत्तिको डर लागेको छ भनेर प्रश्न गरिएको थियो । जहाँ सलिनले कडा जवाफ दिएका छन् । उनले अनमोल अहिलेका सर्वाधिक चर्चित अभिनेता भएकाले सायद आफू अनमोलसँग हार्छु होला तर डराएर भाग्दिन भन्दा सबै चकित परेका थिए । त्यसैपनि सलिनले सधैँभरि आफू अनमोलको प्रतिस्पर्धी नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्