प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार



१२ चैत २०७५, काठमाडौं

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ । यस्तै, वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ । यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत हो । त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८(६७ प्रतिशत छ ।

गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार ७ सय ७५ रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो । यसले ऋणको भार थपिँदै गएको देखाएको छ । यो समाचार पवन तिमिल्सिनाले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्