वरिष्ठ पत्रकार रबि लामिछानेले ठोके सलुट ! को हुन् यिनी ? (भिडियो सहित)



११ चैत २०७५, काठमाडौं

अमेरिकामा लामो समय देखी बस्दै आएका समाजसेवी आँङ् कामी शेर्पाले फेसबुक लाईभबाटै अहिले सम्म १२५ चेली हरुको उद्धार गर्न सफल भएका छन् । विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ ।

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्धार गर्दै आएका छन् ।

आङकामी शेर्पा भन्छन् : सामाजिक कार्यमा काम गर्नको निमित्त मलाइ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसै सामाजिक संजाल फेसबुक र अन्य संजालहरु मार्फत मसँग जोडिदै हरदम निरन्तर साथ दिदै सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि धन्यवाद टक्र्याउन चाहन्छु । सर्वप्रथम म अत्यान्तै विनम्रको साथ अनुरोध गर्न चाहन्छु जुन पैसाकै लागि आफ्ना चेलीबेटीहरुलाइ परदेशको भुमिमा बलिन्धारा आँसु, बगाउन र उहाहरुलाइ मृत्युको शिखार हुन बाध्यता पारीदिनेहरुलाइ कृपया कुनैपनी नेपाली दिदिबहिनीहरुलाइ दु:ख, पिडामा पारीदिएर आफ्नो जिबिकोउपार्जन नगरीदिनुहोला। कुनैपनी दिदिबहिनीलाई गलत कृयाकलाप गर्नु भन्दा आफ्ना घरका दिदिबहिनी छोरीहरुको अनुहार हेर्नुहोला। नारीको संमान गर्न सिकौ सबै नेपालीहरुको सद्भाव जगाउ।

प्रतिक्रिया दिनुहोस्