‘सारेगमपा लिटल च्याम्प’ मा फेरि दिए प्रितमले धमाकेदार प्रस्तुती (भिडियो)



११ चैत्र २०७५, काठमाडौँ

पछिल्लो समयमा भारतका विभिन्न रियालिटी शो हरुमा नेपालीहरुको सहभागिता बढ्दो छ । त्यस्तै अहिले पनि भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा गएर नेपालका दुई बालकले धमाका मच्चाइरहेका छन् । नेपालका प्रितम आचार्य र आयुष केसीले अहिले भारतमा मात्र नभएर विश्वभर नै तहल्का मच्चाइरहेका छन् ।

त्यस्तै हिजो आइतबार प्रशारित एपिसोडमा पनि प्रितमले धमाका मच्चाएका छन् । होली स्पेशल एपिसोडमा प्रितमले सोचेगें तुमे प्यार बोलको गीत गाएका थिए । जहाँ उनले जर्जबाट स्ट्यान्डिङ अभियसन पाउनुका साथै १०० % नम्बर पनि पाए । प्रितमको प्रस्तुतीमा जर्जहरु नै छक्क परेका थिए । अहिले प्रितमले आफ्नो सुमधुर आवाजले सबैको मन जित्दैछन् ।

प्रतिक्रिया दिनुहोस्