मेयरकप खेलकुद प्रतियोगिता : रामधुनीको विजयी सुरुवात



११ चैत २०७५, इटहरी

इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारबाट मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबारबाट क्षेत्रीय रङ्गशाला इटहरीमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्तरर्गत आइतबारबाट फुटबल खेल सुरु भएको छ । उद्घाटन खेलमा रामधुनि नगरपालिकाले विजयी सुरुवात गरेको आयोजकले जनाएको छ ।

इटहरी रङ्गशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै रामुधनी नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । रामधुनीलाइ विजयी गराउन खेलको २७ औ मिनेटमा सन्दीप लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच रामधुनीका आविष्कार खड्का घोषित हुँदै नगद २ हजार पाए ।

सोमबार दुई वटा खेल हुनेछन् । पहिलो खेलमा धरान उपमहानगर र गढी गाउँपालिका बिच प्रतिस्पर्धा हुँदा र दोस्रो खेल इनरुवा नगरपालिका र दुहवी नगरपालिका बिच हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । आइतबार देखि सुरु भएको सुनसरी जिल्लाका पालिका स्तरीय फुटबल प्रतियोगितामा आठ टिमको सहभागिता छ ।

प्रतियोगिताको फाइनल खेल चैत १५ गते हुने छ । मेयरकप प्रतियोगिता अन्र्तगत फुटबल सहित प्रदेश नम्बर १ का पालिका स्तरीय क्रिकेट, भलिबल र तेक्वान्दो प्रतियोगिता समेत हुने छन् । क्रिकेट बाहेकका सबै प्रतियोगिता इटहरी रङ्गशालामा हुने छन् । क्रिकेट प्रतियोगिता इटहरी ९ स्थित क्रिकेट मैदानमा हुने छ । चैत १४ गते देखि १६ सम्म भलिबल प्रतियोगिता चैत २८ गते देखि वैशाख ३ गते सम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गते सम्म तेक्वान्दो प्रतियोगिता हुने छ ।

प्रतिक्रिया दिनुहोस्