हाइली क्रिएटिभमा सहज तरिकाले आधारभुत (बिईई) परीक्षा दिदै विद्यार्थीहरु



११ चैत २०७५, काठमाडौं

कक्षा ८ को आधारभुत परीक्षा सुरु भएको छ । परिवर्तन खबरले परिक्षा संचालन सम्बन्धि बिषयमा हाइली क्रिएटिभ इङ्गलिस सेकेण्डरी स्कूल गोठाटारमा तयार पारिएको एक सामग्री  ।

कागेश्वरी मनोहरा नगरपालिकामा रहेका सबै कक्षा ८ का विद्यार्थीहरु यतिखेर आधारभुत परीक्षा (बिईई) दिइरहेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले परीक्षा संचालनमा व्यवस्थित बनाउन प्रश्न पत्र आफैं बनाई स्कुलहरुको परीक्षा केन्द्र निर्धारण गरि परिक्षा संचालन गरिएको हो ।

उक्त परिक्षा संचालनका लागि ९ वटा केन्द्र र एक होम सेन्टर सहित १० वटा केन्द्र रहेको बताईएको छ । उक्त केन्द्रहरु मध्ये हाइली क्रिएटिभ इङ्गलिस सेकेन्डरी स्कुल गोठाटारमा संचालित परीक्षा सौहार्द र शान्तिपूर्ण वातावरणमा संचालन भईरहेको छ । विद्यार्थीलाई सहज तरिकाले परीक्षा दिने वातावरणका लागि नगरपालिकाले निर्माण गररेको नियम अनुसार प्रत्येक बेन्चमा जना मात्र विद्यार्थीलाई राखेर परीक्षा दिने बाताबरण बनाइएको विद्यालयका सहायक प्रधानाध्यापक तथा कागेश्वरी मनोहरा नगरपालिका शिक्षा समती सदस्य महेश्वर चापागाईंले जानकारी दिनुभयो ।

उहाले परिबर्तन खबरलाइ संक्षिप्त प्रतिक्रिया दिदैं भन्नूभयो, ‘हामीले विद्यार्थीहरुलाई सकेसम्म सहज वातावरण दिन र नगरपालिकाले निर्माण गरेको मापदण्ड अनुसार परीक्षा दिने वातावरण बनाएका छौं अर्को एउटा प्रसङ्गमा कागेश्वरी मनोहरा नगरपालिकाले आधारभुत परीक्षा संचालनमा महत्वपूर्ण र उदाहरणीय भुमिका निर्वाह गरेको समेत बताउनुभयो ।’

गान्धी आदर्श मा.बि. काँडाघारीबाट परीक्षामा सहभागी कक्षा ८ का विद्यार्थी सुवास पाण्डेले हाइली क्रिएटिभमा परीक्षा दिनको लागि विद्यालयको बाताबरण एकदमै राम्रो भएको बताउनुका साथै बिद्यालयको शिक्षकहरुले बाताबरण राम्रो बनाएको र सहज बाताबरणमा परीक्षा दिन पाउँदा खुशी लागेको बताए ।

बिद्यालयमा पाणिनी स्कुल र गान्धी आदर्श मावीका विद्यार्थीहरुले परीक्षा दिईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्