बलिउड फिल्म गर्दै अनमोल, जान्वी हुनेछिन् अनमोलकी नायिका ?



११ चैत्र २०७५, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक चर्चित र व्यस्त अभिनेता हुन् । यतिबेला भने उनले आफ्नो समय चलचित्र ए मेरो हजुर ३ लाई दिइरहेका छन् । केहीसमय अघि अनमोल केसी बलिउड चलचित्र खेल्न लागेको कुराले निकै चर्चा पाएको थियो ।

अनमोल स्वयमले पनि यो कुरा स्वीकारेका थिए । अहिले एकपटक फेरि उनी बलिउडमा प्रवेश गर्न लागेको कुरा चर्चामा आएको छ । केही समय अघि प्रदर्शनमा आएको चलचित्र द म्यान फ्रम काठमाडौँ का निर्देशकले बनाउन लागेको बलिउड चलचित्रमा अनमोल हुने कुरा बाहिरिएको छ ।

अनमोलले आफूले उक्त चलचित्रको स्टोरी सर्टकटमा सुनेको तर आफूलाई अहिलेसम्म चलचित्रबाट अफर भने नआएको बताए । भित्री स्रोतले अनमोललाई उक्त चलचित्रबाट अफर गरिएको कुरा बाहिरिएको भए तापनि अनमोलले भने अहिलेसम्म आफूलाई उक्त प्रोजेक्टबाट अफर नआएको स्पष्ट पारेका छन् ।

त्यस्तै अनमोल उक्त चलचित्रमा अनुबन्धित भएको खण्डमा चलचित्रमा अनमोलको अपोजिटमा बलिउड चर्चित नायिका जान्वी कपुरलाई लिने निर्देशकको सोच रहेको छ । अब अनमोल चलचित्रमा हुने हुन् वा होइनन् त्यो हेर्न भने केही समय कुर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्