मिसले पाइपले हिर्काउँदा आठ वर्षीय बालक अस्पताल भर्ना



११ चैत २०७५, काठमाडौं

यूकेजीमा अध्ययनरत आठ वर्षिय राजु बुढाथोकी मिसको कुटाईबाट अस्पक्तालमा भर्ना हुन पुगेका छन् ।

कक्षामा प्रश्नको उत्तर दिन नसकेपछि उनलाई मिसद्वारा पाइपले टाउको चोट पुग्ने गरि पाईपले हानेको राजुले बताए ।

गुल्मी रेसुंगा-९ मा बस्दै आएका बुढाथोकी उपल्लो तम्घाँस मावि यूकेजीमा अध्ययनरत उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते चोट पुग्नेगरि पिटेकी थिईन् ।

गुल्मी जिल्ला अस्पक्तालमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेजमा पाँचदिनदेखि उपचाररत बुढाथोकीलाई शुरुमा आईसीयूमा राखी उपचार गरिएको थियो ।

उनकी आमा कविता भन्छिन्, ‘विद्यालयबाट घर आउँदा छोराको टाउको सुन्निएको र राजु आफूले बान्ता गरेको बताएका थिए ।’

उनले तत्काल प्रधानाध्यापक रामहरि पन्थीलाई घटनाबारे जानकारी गराएर घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि पाल्पा ल्याइएको कविताले बताईन् ।

पन्थीले घटना लुकाउन अभिभावकलाई दबाब दिएको समेत उनले बताईन् । आइतबार शुरु भएको वार्षिक परीक्षा दिन राजु वञ्चित भएका छन् भने उक्त परिक्षा उनले पछि दिन पाउने समेत उनले बताए ।

प्रधानाध्यापक रामहरि भन्छन्, ‘पिटाइकै कारण बालक अस्पताल भर्ना भएको प्रमाणित भए शिक्षिकालाई जसरी भएपनि कारबाही गरिन्छ ।’

संवेदनशील अंगमा कुट्दा समस्या देखिएको उपचारमा संलग्न डा. प्राप्ति श्रेष्ठले बताइन् । ‘अनुशासन कायम गर्ने बहानामा टाउकोमा कुट्नु राम्रो होइन’, उनले भनिन् । बालकमा म्यानेन्जाइटिस देखिएको उनले पुष्टि गरिन् ।

प्रतिक्रिया दिनुहोस्