एकपटक फेरि आमा बन्दै बलिउड नायिका ऐश्वर्या ?



११ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका ऐश्वर्या राय केहीदिन अघि आफ्ना श्रीमान अभिषेक बच्चनसँग होली मनाउनको लागि गोवा गएकी थिइन् । उनले गोवामा समुन्द्रको किनारमा घुमिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । जुन तस्बिरले निकै चर्चा पनि आयो ।

उक्त तस्बिरमा नायिका ऐश्वर्याको पेट केही बढेको देखिएको छ । सो कारणले गर्दा एकपटक उनी फेरि गर्भवती भएको अनुमान लगाइयो । अहिले धेरैले उनलाई गर्भवती भएको बताएका छन् । तर यो कुरा गलत भएको ऐश्वर्याका नजिकका मान्छेले बताएका छन् । क्यामेराको गलत एंगलका कारण उनको पेट ठूलो देखाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्