कतारसँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो !



११ चैत्र २०७५, काठमाडौं

नेपाल एएफसी यू–२३ च्याम्पियनसिपको छनौट अन्तर्गत समूह ‘ए’ को खेलमा कतारसँग ५–० ले पराजित भएको छ ।

हारसँगै नेपालको अन्तिम चरणमा छनौट हुने सम्भावना सकिएको छ ।

खेलको २४ औं मिनेटमा कतारले अग्रता लिएको थियो । हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए । पहिलो हाफमा कतारले १–० को अग्रता लिएको थियो ।

तर खेलको दोस्रो हाफ भने कतार आक्रामक भई लगातार ४ गोल थप्दै ५–०को नतिजा बाहिर्यायो ।

यस जितसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । नेपाल भने समूह चरणबाट बाहिरिएको छ ।

नेपालले अब अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ । खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्