नेपाल कतारविरुद्ध मैदान उत्रँदै, नेपाली सुरुवाती ११ तयारी अवस्थामा !



१० चैत्र २०७५, काठमाडौं

एएफसी यू–२३ च्याम्पियनसिप छनौटअन्तगर्त समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने छ ।

खेल नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु हुने छ ।

फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारबिरुद्ध खेल्दैछ ।

कतारसँगको खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ खेलाडीको छनौट गरेका छन् ।

नेपालको सरुवाती ११ !

गोलरक्षक : अर्पण कार्की

डिफेन्डरहरु : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ

डिफन्सिभ मिडफिल्ड : तेज तामाङ

मिडफल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल

स्ट्राइकर : बिमल घर्तीमगर

 

प्रतिक्रिया दिनुहोस्