प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउँदै सरकार !



१० चैत्र २०७५, काठमाडौं

सरकारले प्लाष्टिकका झोलाको प्रयोगलाई न्युन गर्न त्यसको स्रोतमा कडाई गर्ने तयारी थालेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा प्लाष्टिकका झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन सम्बन्धमा सदस्यहरुले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापनमा सरकार लागेको स्पष्ट पारे ।

उनले उत्पादन हुने क्रम नरोकिनु र प्रयोगमा मात्रै रोक लगाउने काम भएकाले त्यसको प्रभावकारिता न्यून देखिएको स्वीकार गरे ।

उनले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संसोधन गरि कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्