नायिका करिश्मा मानन्धर एसईई दिँदै, भट्टराईले दिए : शुभकामना



१० चैत २०७५, काठमाडौं

नायिका करिश्मा मानन्धर आइतबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी भएकी छन् । विद्या स्मारक विद्यालय डिल्लीबजार काठमाडौं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् ।परिक्षामा सम्मिलित हुँनुअघि आइतबार विहान संयोजक डा बाबुराम भट्टराईले टेलिफोन गरी परिक्षा राम्रो गर्न शुभकामना दिएका थिए ।

करिष्मा परीक्षा दिन स्कुल ड्रेसमै पुगेकी थिइन् । बा९च ४२६ नम्बरको कार आफै हाँकेर परीक्षा केन्द्र पुगेकी छिन् पहिलो दिन उनले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछिन् । परीक्षा दिन उनी निजी कार चढेर परीक्षा केन्द्र पुगेकी थिइन् । करिश्माले स्कुल ड्रेसमै परीक्षा दिइरहेकी छन् ।

तीन दशकभन्दा बढी फिल्म क्षेत्रमा काम गरिसकेकी करिश्माले यो उमेरमा पनि एसईई दिनुलाई उनको पढाइप्रतिको लगावका रूपमा हेरिएको छ । आफूसँग व्यावहारिक र स्वअध्ययन धेरै भए पनि प्रमाण पत्रकै लागि उनले एसईई दिएकी हुन् । यस वर्ष एसईई उत्तीर्ण भए उनले उच्च अध्ययन घरमै बसेर गर्ने जनाएकी छन्  ।

प्रतिक्रिया दिनुहोस्