खाद्यका विद्यार्थीद्वारा सूचना हक सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न



९ चैत २०७५, धरान

धरान १६ स्थिति नाष्ट कलेजका खाद्य प्राबिधिक विद्यार्थीहरुले आज सूचना हक सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेका छन् ।

खाद्य प्राबिधिक विद्यार्थी संघ धरानले आयोजना गरेको उक्त कार्यक्रममा ६० विद्यार्थीको उपस्थित रहेको थियोे । सूचनाको हक सम्बन्धि जानकारी लिन खाद्यका सबै विद्यार्थीहरु उत्साहित भएर कार्यक्रममा आएका थिए।

सुचनाको हकको विकासक्रम, आधारभुत ज्ञान, धारणा, महत्व, आवश्यकता, सुचनाको शक्ती, सुचनाको हकको कानुनी ब्यवस्था, सिद्धान्त र सुचनस माग गर्ने तरीका लगायतको बिषयहरुमा प्रशिक्षकहरुले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा सूचनाको हक सम्बन्धि अभिमुखिकरणको प्रमुख प्रशिक्षकको रुपमा उपस्थित सुचनाको हकका लागि जिल्ला संजाल सुनसरीका कार्यक्रम संयोजक बिष्णु चौलागाईं तथा अभियन्ता कपिल ढुंगानाले विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्