आगामी १५/१६ चैत्रमा हुने लगानी सम्मेलनलाई क–कसले सम्बोधन गर्दै छन्?हेर्नुहोस् !



०९ चैत्र २०७५, काठमाडौं

देशको आर्थिक विकासका लागि भन्दै सरकारले चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ ।

सम्मेलनमा ३८ देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुनेछन् । उनीहरुले नामसमेत दर्ता गराइसकेका छन् ।

कार्यक्रमलाई झन्डै ६० जना वक्ताले सम्बोधन गर्ने बताईएको छ । बोर्डका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनको उद्घाटन गर्नेछन् ।

सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडा लगायत आधा दर्जन मन्त्रीले समेत सम्बोधन गर्ने तयारी भएको छ । सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापूर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ ।

त्यस्तै कार्यक्रमलाई अन्य व्यवसायीहरुले पनि सम्बोधन गर्ने छन् । बोर्डले सार्वजनिक गरेको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज वैद्य, प्रदीपकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, सिएनआईका अध्यक्ष हरिभक्त शर्मा, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान, साझा यातायात पब्लिक ट्रान्सपोर्टेसनका अध्यक्ष कनकमणि दीक्षित छन् ।

त्यसैगरी, बिड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्य, पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवाल, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, हाइड्रो सोलुसनका प्रबन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधान छन् ।

त्यस्तै, सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोष तिवारी, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष अध्यक्ष भवन भट्ट लगायत पनि प्रमुख वक्ताका रुपमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्