पल र आँचलको नयाँ गीत रिलिज (भिडियो)



०८ चैत्र २०७५, काठमाडौँ

पल शाह र आँचल शर्मालाई नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित जोडी मानिन्छ । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियो र केही चलचित्रमा काम गरिसकेका छन् । भर्खरै मात्र पनि यी दुईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द र संगीत रहेको काफलको दाना बोलको गीतमा बिन्दु पौडेल र हिमाल सागरको आवाज रहेको छ । उक्त गीतमा पल र आँचललाई फिचर्ड गराइएको छ । निकै रमाइलो शैलीको गीतलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्