जेसिसका विद्यार्थीले चाखे यमानी तथा भारतीय स्वाद



०८ चैत २०७५, काठमाडौं

काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेशनल बार्डिङ सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले यही चैत्र १ गते यमानी, भारतीय तथा नेपाली खाजा बनाएर आफ्ना साथी तथा शिक्षकशिक्षिकालाई चखाएका छन् ।

बिट्रिस काउन्सिलको आई.एस.ए. परियोजना अन्तर्गत उनीहरुले भारतको सिवनादर्श विद्यालय तथा यमानको अलिदारोस स्कुल विद्यार्थीहरुसँग सहकार्य गर्ने क्रियाकलापन गर्दै भारतीय परम्परागत खाना आलु मटर, यमनी परम्परा खाना सुर्पा तथा नेपालको परम्परागत खाना पुरी पकाएर त्यसको स्वाद चाख्नुका साथै आफ्ना अन्तर्राष्ट्रिय साथीहरुसँग आफ्नो अनुभव साटासाट गरेका छन् ।

“यही असार महिनामा ब्रिटिस काउन्सिलबाट कार्ययोजना स्वीकृत गराई विद्यालयले पाठ्यक्रम विकास केन्द्रकै पाठ्यक्रममा आधारित भइ आई. एस.ए. परियोजना अन्तर्गत १२ वटा परियोजनाका क्रियाकलाप गर्दै आएको छ ।” विद्यालयका प्रिन्सिपल सरोज महर्जनले अगाडि भन्नुभयो “क्रियाकलापमा आधारित शैक्षिक क्रियाकलाप सञ्चालनमा आई.एस.ए. अत्यन्तै सफल र प्रभावकारी कार्यक्रम हो, यसका लागि ब्रिटिस काउन्सिलको प्रयास अत्यन्तै सह्रानीय रहेको छ ।”

विद्यालयले विद्यार्थीको सहभागितालाई प्रोत्साहन गर्ने र विद्यार्थीको प्रत्यक्ष संलग्नतामा पठनपाठनलाई अगाडि लाने उद्देश्यलाई आई. एस.ए. परियोजनाले थप उचाइ दिन सफल भएको कुरा जेसिसका आई.एस.ए. कोअर्डिनेटर शेखु कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्