रेडियो नयाँ कर्णालीका कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेकोमा अकोराबको गम्भीर ध्यानाकर्षण !



०८ चैत २०७५, काठमाडौं

सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराब) ले सामुदायिक रेडियो नयाँ कर्णालीको बरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।

अकोराबका महासचिव गोविन्द देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीत कार्य हो । अकोराब पत्रकारको संवैधानिक स्वतन्त्रता माथि भएको हस्तक्षेपको भत्र्सना गर्दछ । पक्राउ परेका पत्रकारको तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

अकोराबद्वारा कर्ण विश्वकर्माको रिहाईको लागि जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्